आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

जापानले चाँडै नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने

गोकर्णेश्वर खबर७ श्रावण २०७८, बिहीबार २१:१२ मा प्रकाशित (३ साल अघि) २९७ पाठक संख्या

काठमाडौँ– जापानले कोरोनाविरुद्धको १६ लाख डोज अस्ट्राजेनेका खोप चाँडै नेपाललाई उपलब्ध गराउने भएको छ ।

नेपालस्थित जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग विहीबार भेटवार्ता गर्दै केही दिनमै उक्त खोप उपलब्ध गराउने जानकारी दिएका हुन् ।

भेटमा राजदूत युताकाले यसअघि नै जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप छिट्टै आइपुग्ने बताएको प्रधानमन्त्री देउवाले समाजिक सञ्‍जाल ट्वीटरमार्फत जानकारी दिएका छन्।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–