आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

धादिङमा गुडिरहेका गाडीमाथी खस्यो पहिरो : २ जनाको मृत्यु,६ यात्रु घाइते

गोकर्णेश्वर खबर१९ असार २०७८, शनिबार १२:०२ मा प्रकाशित (३ साल अघि) १७३ पाठक संख्या

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलास्थित पृथ्वी राजमार्गमा गुडिरेहका पाँच गाडीमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ भने ६ यात्रु घाइते भएका छन्।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले दिएको जानकारीअनुसार शनिबार बिहान ३ बजेतिर एक्कासि माथिबाट खसेको ढुंगासहितको पहिरोले लाग्दा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका ६ का अन्दाजी १८ वर्षीय वीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेकी भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो।

सडकमा गुडिरहेका बेला बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रकमाथि ढुंगामाटो खसेको एसपी खड्काले जानकारी दिए।

६ जना घाइतेको नाम भने अहिले खुलिनसकेको उनले बताए।