आज: ४ बैशाख २०८२, बिहीबार | Thu, 17, Apr, 2025

पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना संकमण पुष्टि,४६ जनाको मृत्यु

गोकर्णेश्वर खबर७ असार २०७८, सोमबार १७:४६ मा प्रकाशित (३ साल अघि) २५९ पाठक संख्या

काठमाडौं । आज(सोमबार) थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्टिजेन परीक्षण गरिएकोमा ७१३ मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल १० हजार ९ सय ४ जनाको पिसिआर गरिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै, ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।