आज: ५ बैशाख २०८२, शुक्रबार | Fri, 18, Apr, 2025

गण्डकीका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

गोकर्णेश्वर खबर३० जेष्ठ २०७८, आईतवार १०:०९ मा प्रकाशित (३ साल अघि) २९३ पाठक संख्या

पोखरा । एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढलेसँगै त्यहाँका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको भोलिपल्ट आइतबार बिहानै घिमिरेले मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका हुन्।

प्रदेश सभाको निर्वाचनद्वारा एमाले नेता गुरुङको नेतृत्वमा प्रदेश सरकार स्थापना भएपछि २०७४ फागुन २१ गते घिमिरे मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए।

तीन वर्ष ३ महिना सेवा गर्ने क्रममा आफूबाट कुनै कमीकमजोरी भएको भए क्षमा गर्न घिमिरेले गण्डकीका नागरिकसमक्ष अनुरोध गरेका छन्।

२०७८ जेठ ३० गते मिति उल्लेख राजीनामा पत्रमा घिमिरेले लेखेका छन्, ‘सबैमा हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्दै मुख्य न्यायाधिवक्ताको पदबाट आजैका मितिबाट लागू हुनेगरी राजीनामा गरेको छु।’