आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म

गोकर्णेश्वर खबर२९ जेष्ठ २०७८, शनिबार १८:४८ मा प्रकाशित (३ साल अघि) ३८७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट हुने भएको छ । कांग्रेस महाधिवेशन ९ दिन पर सरेको हो । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका छन् ।

वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीले प्रस्ताव गरेको हो । क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने प्रस्ताव आएको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव छ । त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ ।

केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री महतको भनाई छ । महाधिवेशनको मिति यसअघि भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।