आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारबाट हामीले दुष्परिणाम भोगिरहेका छौँ : देउवा

गोकर्णेश्वर खबर१५ जेष्ठ २०७८, शनिबार १०:४५ मा प्रकाशित (३ साल अघि) ३७७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन् ।

शनिबार गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले लोकतान्त्रिक गणतन्त्रणको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षको विषय बन्नुपर्ने बताए ।

“राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामीले त्यो भोगिरहेका छौँ,” उनले भने,“अतः गणतन्त्र दिवसमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न समस्त नेपालीमा अपील गर्दछु ।”

त्यसैगरी, उनले कोभिड–१९ को संक्रमणबाट जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्दै उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । जनताको जीवनरक्षा गर्नप्रति सरकार उदासिन तथा संवेदनहीन देखिएकाले सबैमा सर्तकता अपनाउन आग्रह गरेका छन् ।