काठमाडौं जेठ १५ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १४ गते सम्ममा १०८० जना पुरुष र ९४२ जना महिला गरि कुल २ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १३ सय ८९ जना निको भएको भने कोरोनाले गुमाउनेको संख्या ३६ जना पुगेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३७ जना पुरुष र २८ जना महिला गरि कुल ६५ जना
वडा नं २ मा ४८ जना पुरुष र ३९ जना महिला गरि कुल ८७ जना
वडा नं ३ मा ५४ जना पुरुष र ३९ जना महिला गरि कुल ९३ जना
वडा नं ४ मा १५९ जना पुरुष र १४५ जना महिला गरि कुल ३०४ जना
वडा नं ५ मा १९७ जना पुरुष र १४९ जना महिला गरि ३४६ जना
वडा नं ६ मा २५० जना पुरुष र २१३ जना महिला गरि ४६३ जना
वडा नं ७ मा ७५ जना पुरुष र ७७ जना महिला गरि कुल १५२ जना
वडा नं ८ मा २०८ जना पुरुष र १९६ जना महिला गरि कुल ४०४ जना
वडा नं ९ मा ५२ जना पुरुष र ५६ जना महिला गरि कुल १०८ जना संक्रमित रहेको जनाएको छ।