फाइल तस्वीर
जाजरकोट । छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ । आफ्नै जमीनमा उत्पादन गरेको अन्नले छ महिना खान नपुग्ने छेडागाडभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो ।
प्रतिपरिवार १० हजार ८१५ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटका छवि पन्तले जानकारी दिनुभयो ।
कोभिडका कारण समस्यामा परेर हैरानी बेहोरेका विपन्न सर्वसाधारणलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले ८२२ घरधुरीलाई खाद्यान्न उपलव्ध गराएका हुन् । करिब ८९ लाख बराबरको खाद्यान्न दिइएको पन्तले जानकारी दिनुभयो ।
त्यस्तै दुई हजार ६७३ बालबालिकालाई सरसफाइका सामग्रीसमेत वितरण गरिएको छ ।