आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

गोकर्णेश्वर खबर१२ जेष्ठ २०७८, बुधबार १८:२२ मा प्रकाशित (३ साल अघि) ६४० पाठक संख्या

काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप अनुदान दिने भएको छ ।

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको जानकारी दिएकी हुन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।