आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

विद्या भण्डारीबाट जारी ‘विवादित’ नागरिकता अध्यादेशमा के–के छ ? पढ्नुहोस् पूर्णपाठ

गोकर्णेश्वर खबर९ जेष्ठ २०७८, आईतवार २०:३४ मा प्रकाशित (३ साल अघि) ७५५ पाठक संख्या

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएपछि विवाद सिर्जना भएको छ ।

अल्पमतको सरकारले नागरिकता जस्तो दीर्घकालीन असर पार्ने विषयमा अध्यादेश ल्याउनु गलत रहेको भन्दै आलोचना भइरहेको छ ।

सरकारले भने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको माग अनुसार अध्यादेश ल्याएको छ ।

आज आईतबार राष्ट्रपति भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबुवा दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिक दिन सकिने व्यवस्था राखिएको छ ।

पढ्न्होस् पूर्णपाठ –