काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नभएको बताएका छन्।
‘नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं’, शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले भने, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान, अनुकुल नभएपछि फेरि विघटन! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो र लिए!’