आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा

गोकर्णेश्वर खबर८ जेष्ठ २०७८, शनिबार ०७:०३ मा प्रकाशित (३ साल अघि) ४६६ पाठक संख्या
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुने गरी घोषणा गरेकी हुन् ।

यस अघि मध्यरातमै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

 

यस्तो छ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति