आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

नेपालमा एकैदिन १७७ जना कोरोना संक्रमितको मृत्यु,८६०७ जनामा संक्रमण

गोकर्णेश्वर खबर७ जेष्ठ २०७८, शुक्रबार १८:११ मा प्रकाशित (३ साल अघि) ४४५ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।