काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा संक्रमण देखिएको हो।
कोरोना संक्रमणका कारण देशभर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर १४५ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ३३८ जना संक्रमित थपिएका छन्।