आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

कोरोनाबाट पिल्सीरहेको भारतमा शक्तिशाली ‘टोकटे’ चक्रवातको खतरा

गोकर्णेश्वर खबर१ जेष्ठ २०७८, शनिबार १४:१५ मा प्रकाशित (३ साल अघि) ४८२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसबाट हाल विश्वमा सबैभन्दा ग्रस्त बनेको भारतमा फेरि अर्को समस्या सिर्जना भएको छ।

भारतमा ‘टोकटे’ चक्रवादको खतरा बढेको बीबीसीहिन्दीले जनाएको छ।

हाल यो चक्रवात दक्षिण–पूर्वी र पूर्वी–मध्य अरब सागरमा छ। भारतीय मौसम विभागका अनुसार यो चक्रवाद भारतर्फ अगाडि बढिरहको छ।

यो चक्रवात आउँदो सोमबारसम्म जारी रहने छ। चक्रवात १५० देखि १६० किलोमिटर प्रतिघण्टाको गतिमा कुदिरहेकाले यसले विध्वंश मच्चाउने आशंका गरिएको छ।

यसले भारतको गुजरात, केरलामा खतरा उत्पन्न गराउने भएकाले त्यहाँका मानिसलाई सतर्क हुन भनिएको छ।