३१ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिन लाग्नुभएको हो । उहाँले सपथ लिए लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार नयाँ मन्त्रिपरिषद्को विषयमा प्रधानमन्त्रीले कुनै निर्णय लिनुभएको छैन् । विभिन्न सञ्चारमाध्यममा जसपा र पार्टी भित्रको माधवकुमार नेपाल समूहका नेतालाइ पनि आजै मन्त्री बनाउने भन्ने समाचारहरू प्रकाशित भएपनि त्यसमा कुनै सत्यता नरहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री अहिले नजिकका नेताहरूसँगको छलफलमा रहनुभएको छ ।
पार्टी भित्रको आन्तरिक विवादको हलको क्रममा रहेको माधवकुमार नेपाल समूहले पार्टीभित्रको कुरा पूरै नमिले सरकारमा सहभागी जनाउने अवस्था र जसपाले तत्काल सत्ताको समिकरणमा सहभागी नहुने भनेर विज्ञप्ति नै जारी गरेका कारण जसपामा पनि तत्काल सरकारमा जाने अवस्था छैन ।
यद्यपी प्रधानमन्त्रीले एमालेभित्रको सबै अधिकार आफूमा निहीत गराएकाले बोल्ड डिसिजन गर्दै माधव समूहका र जसाका केहीलाइ आजै सपथ गराउन सक्ने अनुमान पनि गरिएको छ । यसोगरे अघि बढे प्रधानमन्त्रीले सात दश दिनमै संसदबाट विश्वासको मत समेत लिने र नीति तथा कार्यक्रम र बजेट समेत ल्याउन सहज हुनेछ । प्रधानमन्त्री निकटकाले प्रधानमन्त्री माधव समूह र जसपाका एक दुइ जनालाइ मात्रै भए पनि आजै सरकारमा सहभागी गराउन सुझाव दिएका छन । प्रधानमन्त्रीले अबको ३० दिनभित्र संसदमार्फत फेरि विश्वासको मत लिनुपर्ने भएका कारण उहाँले पुरानै मन्त्रिपरिषद्लाइ निरन्तरता दिन पनि सक्नुहुन्छ ।
निवर्तमान भएको मन्त्रिपरिषद् यस्तो थियो ।