आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

बहुमतको सरकारका लागि कसैको दावी पेश भएन : राष्ट्रपति कार्यालय

गोकर्णेश्वर खबर३० बैशाख २०७८, बिहीबार २१:५४ मा प्रकाशित (३ साल अघि) १७७ पाठक संख्या

काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताएका छन् ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।