आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ,सुरक्षा अपनाऔँ : डा. पाण्डे

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार ०९:२२ मा प्रकाशित (३ साल अघि) ९३६ पाठक संख्या

काठमाडौँ– जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् ।

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनुका साथै अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएको हुँदा यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका हुन् ।

यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् ।

यसैगरी, उनले जीवनको तुलनामा दुःख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं । घर बाहिर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं ।’

डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन सुझाव दिएका छन् ।

उनले भेटघाट बन्द गर्ने तथा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सवैमा अपिल गरेका छन् ।

यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा। पाण्डेले आग्रह गरेका छन् ।

कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन उनले आग्रह गरेका छन् ।

आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ। अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ। दुख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं। जीवनको तुलनामा दुख सानो हो। सकभर खाधान्न दैनिक किन्ने नगरौं।
पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं। भेटघाट बन्द गरौँ।

यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ। रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ।
यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं। सरकारले कडाइ गरेको हाम्रै लागि हो। हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं।