आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

अक्सिजनको अभाव भएको भन्दै मेडिसिटी अस्पतालले गम्भीर अवस्थाका कोरोनाका विरामी भर्ना नलिने

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १८:४७ मा प्रकाशित (३ साल अघि) ९९७ पाठक संख्या

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले कोभिड १९ संक्रमणका जटिल स्थितिका विरामीहरुको नयाँ भर्ना नलिने जानकारी गराएको छ । अस्पतालले मंगलबार सूचना जारी गर्दै तत्कालको परिस्थितिमा अक्सिजनको अभाव भएको भन्दै भर्ना नलिने जानकारी गराएको हो।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्‍य समस्याका कारण कोभिड १९ संक्रमणका जटिल स्थितिका विारमीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत विरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्‍ने व्‍यहोरा सम्बन्धित निकायलाई प्रस्तुत गर्दछौ।’