आज: १६ फाल्गुन २०८१, शुक्रबार | Fri, 28, Feb, 2025

धार्मिक आश्था माथि खेलवाड नगर्न विश्व हिन्दु परिषद् नेपालको अपिल

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १०:०६ मा प्रकाशित (३ साल अघि) ५४९ पाठक संख्या

२६ बैशाख, काठमाडौं । विश्व हिन्दु परिषद् नेपालले धार्मिक आश्था माथि खेलवाड नगर्न अपिल गरेको छ ।

बैशाख २४ गते महासचिव जितेन्द्र कुमार सिंहको नाममा विज्ञप्ति जारी गर्दै परिषद्ले धार्मिक आश्था माथि खेलवाड नगर्न अपिल गरेको हो ।

राजधानिबाट प्रकाशित हुने एक दैनिकमा बैशाख २४ गते आश्थालाई व्यंग्यको विषय बनाईएको प्रति ध्यानाकर्षण भएको भन्दै परिषद्ले प्रकाशनमा संलग्न पक्षलाई थयाशिघ्र कारवाहीका लागि सम्वन्धित निकायलाई अनुरोध गरेको छ ।

विज्ञप्तिमा नेपालमा हिन्दु धर्म विरोधी सक्रिय रहेको अवस्थामा राजनीतिक नेताहरुबाटै बारम्बार हिन्दु धर्मको आश्थामाथी प्रहार भईरहेकोले हिन्दु विरोधी शक्तिलाई पहिचान गरी उनीहरुमाथी समयमै कारवाही नगरिए परिस्थिती जटिल हुने बताईएको छ ।