काठमाडौं बैशाख ८ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र देखि २०७८ साल बैशाख ५ गते सम्ममा ३८ जना पुरुष र १६ जना महिला गरि कुल ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा २०७७ साल चैत्र देखि कोहिमा पनि संक्रमण पुष्टि नभएको जानकारी गराएको छ । नगरपालिकाले कोरोनाको कहर पुन बढ्दै गएको हुँदा थप स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ । नगरपालिका स्वास्थ्य शाखाले भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेको छ ।