काठमाडौं, फागुन १७ । अमेरिकाको क्यालिफोर्निया निवासी लेस्ली पिल्ग्रीम नामक एक महिलाले सवारी चालक परिचय पत्र अहिले समाजिक सञ्जालमा भाईरल भईरहेको छ ।
जहाँ उनले लाइनमा सबैभन्दा अगाडि रहेको बताउँदै क्यामेरासामु उभिँदासम्म आफुले मास्क लगाइनै रहेकी र फोटो खिच्न मास्क खोल्न लगाउने अनुरोधको प्रतीक्षामा रहेको बताएकी छन् । तर, कसैले केही पनि नभनि मास्क लगाइएकै अवस्थामा आफ्नो तस्वीर खिचिसकेको उनको भनाई छ।
आँखा, आँखीभौं र निधार, केश र घाँटी मात्र देखिएको छ । सवारी चालक अनुमती पत्र जारी गर्ने एमभीले हाल पुनः उनीसँग भेटेर माफी माग्दै नयाँ तस्वीर सहितको अनुमती पत्र जारी गर्ने तयारी गरिसकेको छ ।