आज: १६ कार्तिक २०८१, शुक्रबार | Fri, 01, Nov, 2024

गोकर्णेश्वर -४ मा बालबालिका उपर हुने घरेलु हिंसा सम्बन्धी अन्तरक्रिया

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार ०८:२४ मा प्रकाशित (३ साल अघि) ८५५ पाठक संख्या

काठमाडौं फागुन १५ गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा बालबालिका उपर हुने  घरेलु हिंसा समबन्धि अन्तरक्रिया कार्यक्रम भएको छ। वडा नं ४ को सभाहलमा गोकर्णेश्वर नगरपालिकाको   आर्थिक सहयोगमा सुनौलो पाइला संस्थाको आयोजनामा भएको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत गोकर्णेश्वर नगरपालिका सामाजिक बिकास शाखा प्रमुख गोमा प्रसाईं,गोकर्णेश्वर नगरपालिका बालबालिका शाखा प्रमुख भिमा थापा,सहयोगी माध्यमिक बिध्यालय का प्राधानाध्यापक निर्माण न्यौपाने लगायत  करिब ६० जना  बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता सुनौलो पाइला संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज)ले गरेकी थिइन भने कार्यक्रम संचालन संस्थाकी सचिब अमृता केसीले गरेकी थिइन्। कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

 हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो। तथापी, नेपालमा धेरै  आर्थिक-सामाजिक पृष्ठभुमि, उमेर समुह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुर्व्यवहारबाट पिडित छन । त्यसको रोकथाम तथा न्यूनीकरण गर्न   सहयोग पुगोस भनेर कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।कार्यक्रममा बालबालिका उपर कस्ता कस्ता हिंसा हुन्छन त्यसको रोकथाम उपचार, तथा कानुनि व्यवस्था र बालाधिकारको  बारेमा बालबालिकालाइ प्रशिक्षक बिशाल भण्डारी, गोमा प्रसाई र भीमा थापाले प्रस्तुति मार्फत सहजीकरण गरेका  थिए ।

कपन अनलाइन