आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

सर्वोच्चको फैसलापछि ओलीको पहिलो प्रतिक्रिया-‘मेरा भाइहरुले लड्डु खाएछन्,के जिते मलाई थाहा छैन’

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७७, बुधबार २०:१२ मा प्रकाशित (३ साल अघि) ४०० पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले भने, ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’