काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।
दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार बिहान ९ बजेदेखि उनलाई भर्ना गरिएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए।
उनका अनुसार आज दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ।