आज: ५ बैशाख २०८२, शुक्रबार | Fri, 18, Apr, 2025

पानीमा डुबेर साढे दुई वर्षीय बालकको मृत्यु

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार २१:२० मा प्रकाशित (४ साल अघि) ८५१ पाठक संख्या

काठमाडौं – सप्तरीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

आइतबार दिउँसो पौने ३ बजे हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह बस्ने साढे दुई वर्षीय राजेश मेहताको मृत्यु भएको हो।

विनोद मेहताका छोरा राजेश आफ्नो मामाको बिहेमा आएका थिए। घरमा कोही नभएको बेला खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर साहले बताए।

धाराको पानी जम्ने खाल्डोमा खसेर डुबेको साहले बताए। शव पोष्टमार्टमको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ।