आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

जनप्रदर्शनको पूर्वसन्ध्यामा प्रचण्ड–माधव समूहका स्वयं सेवकको मार्चपास

गोकर्णेश्वर खबर२७ माघ २०७७, मंगलवार २३:४४ मा प्रकाशित (३ साल अघि) ७६५ पाठक संख्या

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनको अघिल्लो दिन मंगलबार मार्चपास गरेको छ ।

प्रदर्शनीमार्गस्थित वाल्मीकी क्याम्पसबाट सुरु भएको मार्चपास पुतलीसडक, बागबजार, पुरानो बसपार्क, भृकुटीमण्डप हुँदै फेरि वाल्मीकी क्याम्पस आएर सकिएको थियो ।
बुधबार हुने बृहत सभालाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले स्वयंसेवकहरुलाई निर्देशन दिएका थिए ।

यो समूहले भोलि हुने सभामा राजधानी उपत्यका र बागमती प्रदेशबाट ठूलो सहभागिता गराउने तयारी गरेको छ । यसबाहेक देशभरबाट प्रतिनिधिमूलक ढंगको सहभागिता गराउँदै संसद् पुनर्स्थापनामा दबाव दिने उद्देश्य लिएको छ ।