आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

घरेलु मैदानमै इंगल्याण्डसँग भारतको लज्जास्पद हार

गोकर्णेश्वर खबर२७ माघ २०७७, मंगलवार २३:०८ मा प्रकाशित (३ साल अघि) ४२० पाठक संख्या

काठमाडौं – इंगल्याण्डविरुद्धको पहिलो टेष्ट घरेलु टोली भारतले लज्जासपद हार व्यहोरेको छ । पाँचौ तथा अन्तिम दिन बयाटिङमा कमजोर प्रदर्शन गरेपछि भारत इंग्ल्याण्डसंग २२७ रनले पराजित भएको हो ।

जितका लागि ४२० रनको लक्ष्य पछ्याएको भारत दोस्रो इनिङ्समा १९२ रनमै अलआउट भयो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ र ओपनर शुभमन गिलले ५० रन बनाए । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।

भारतले ३९-१ बाट अन्तिम दिनको खेल अघि बढाएको थियो । जसमा चेतेश्वर पुजारा थप ३ रन जोडेर व्यक्तिगत १५ रनमा आउट भए । गिलले अर्धशतक पूरा गरे ।

९२ रन हुँदा २ विकेट मात्र गुमाएको भारतले गिलको विकेट झरेपछि निरन्तर विकेट गुमायो । भारतले १०० रन जोड्न ८ विकेट गुमाएको थियो ।

भारतलाई अलआउट गर्न इंग्ल्याण्डका लागि ज्याक लिचले ४ र जेम्स एण्डरसनले ३ विकेट लिए । जोफ्रा आर्चर, डम बेस र बेन स्टोक्सले समान १ विकेट लिए ।

चेन्नाईमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले कप्तान जोय रुटको २१८ रन मद्दतमा पहिलो इनिङ्समा ५७८ रन बनाएको थियो । भारतले भने पहिलो इनिङ्समा ३३७ रन बनाएको थियो ।

पहिलो इनिङ्समा २४१ रनको अग्रता बनाएको इंग्ल्याण्ड दोस्रो इनिङ्समा १७८ रन बनाउँदै भारतलाई ४२० रनको लक्ष्य दिएको थियो ।

दोहोरो शतक प्रहार गरेका इंग्ल्याण्डका कप्तान रुट म्यान अफ दि म्याच घोषित भए ।