१ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ ।
नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएकोबारे जानकारी दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बुधवार दिउँसो आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।
दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।