आज: १४ फाल्गुन २०८१, बुधबार | Wed, 26, Feb, 2025

कमलपोखरी वरीपरीका कंक्रिट संरचनामा डोजर,निर्माण कार्य नरोक्ने महानगरपालिकाको भनाई

गोकर्णेश्वर खबर१९ माघ २०७७, सोमबार १९:५९ मा प्रकाशित (४ साल अघि) ३५० पाठक संख्या

काठमाडौं ,माघ १९।

काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तार योजना अनुसार महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भत्काएको छ ।

काठमाडौँ महानगरपालिकाले डोजर लगाएर ती भवन भत्काएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती कंक्रिट संरचना भत्काएको जानकारी दिनुभयो । ‘कलपोखरी वरीपरी महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संगक्लब भवनलगायतका संरचना थिए,’ उहाँले भन्नुभयो, ‘हामीले पूर्व योजना अनुसार नै ती संरचना भत्काएका हौँ ।’ ज्ञवालीले योजना अनुसारको काम अघि बढाउने र त्यहाँ सुन्दर पोखरी निर्माण गर्ने बताउनुभयो ।

‘हामीले पोखरी क्षेत्रभित्रै रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि भत्काएका छौँ,’ उहाँले भन्नुभयो, ‘अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कंक्रिटको प्रयोग गर्दैनौं । समान्य रुपमा सिमेन्टको प्रयोग भने हुन्छ ।’ ज्ञवालीले अहिले चर्चा गरे जस्तो पोखरीमा कंक्रिट संरचना प्रयोग गर्ने कुनै योजना नरहेको पनि दाबी गर्नुभयो ।

पछिल्ले समय विघटित संसदका सांसद गगन कुमार थापाले कमलपोखरीमा अनावश्यक बखेडा झिकेको भन्दै महानगरपालिकाले पुनर्निर्माणको काम नरोक्ने चेतावनी दिएको छ ।

प्रमुख शाक्यले केही दिन भित्रै कमलपोखरी पुनर्निर्माणबारे पत्रकार सम्मेलन नै गरेर जानकारी दिने बताउँदै आउनुभएको छ । कंक्रिट संरचना भत्काउँदा सम्पदाप्रेमी सुशन बैद्यलगायत पनि कमल पोखरी पुग्नु भएको थियो । उहाँहरुले ती संरचना विना जानकारी भत्काएको भन्दै अवरोध गर्न खोज्दा केहीबेर प्रहरीसँग ठेलमठेल पनि भएको थियो ।

कपन