हिंसा भड्किन सक्ने खबर प्राप्त भएपछि अस्थायी अपरेटिङ बेसबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा खटिएको ‘क्विक रिएक्सन फोर्स’ उक्त हिंसाग्रस्त क्षेत्रमा परिचालन भइ दुई पक्षबीच झडप हुनबाट जोगाएको बताइएको छ । सो इलाकामा सुरक्षा स्थिति साम्य भएपपछि युएन मिशनका अन्य अंगहरुले त्यहाँस्थित विभिन्न जातीय समुदायहरुबीच शान्ति कायम गराउने कार्य सुरु गरेका थिए ।
जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रिएको उक्त मूलुकमा यस प्रकारका घटनाको पुनराबृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले गरेको योगदानलाई संयुक्त राष्ट्रसंघबाट उच्च प्रशंसा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।