आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

समाजसेवी याङ योञ्जान लामाको सहयोगमा बेशीगाउँमा बस्दै आएका असहाय वृद्धको अन्तिमसंस्कार

गोकर्णेश्वर खबर९ मंसिर २०७७, मंगलवार २१:४१ मा प्रकाशित (४ साल अघि) १६९४ पाठक संख्या

काठमाडौं । काठमाडौं गोकर्णेश्वर बेशीगाउँमा २१ वर्षदेखि बस्दै आएका आफन्त नभएका वृद्धको समाजसेवीहरुको पहलमा आज अन्तिम संस्कार गरिएको छ । शंकरापुर २ नाङ्लेबारीमा जन्मिएका ७४ वषर्ीय राजमान लामा विगत २१ वर्षदेखि बेशीगाउँमा बस्दै आएका थिए ।

आज बिहान ७ बजे तिर एक्कासी बेहोस भई ढलेका लामाको तत्कालै मृत्यु भएकोले वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा सदस्य नन्दलाल श्रेष्ठ लगायत स्थानीयको पहलमा मुचुल्का उर्ठाई पोष्ट मार्टमको लागि लामाको शव टिचिङ अस्पताल महाराजगञ्जमा लगिएको थियो । पोष्टमार्टम पछि लामाको शवलाई गोकर्णेश्वर नगरपालिकाको जम्बुडाँडामा बौद्ध परम्परा अनुसार अन्तिमसंस्कार गरिएको छ ।

समाजसेवी याङ योञ्जान  लामा, ज्याम्लिङ बुद्ध फाउण्डेसन र नेपाल बौद्ध धर्म परिचय समाजका महासचिव समाजसेवी थुप्तेन घिसिङ तामाङको सहयोगमा बौद्ध परम्परा अनुसार अन्तिमसंस्कार गरिएको छ । आर्थिक अवस्था समेत कमजोर भएका लामालाई विगत १ वर्षदेखि खाद्यान्न, लत्ताकपडा, औषधि सहयोग समाजसेवी याङ योञ्जान  लामाले गर्दै आएकी थिईन् ।