काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा नगरमा भएका विकास निर्माणका कामहरुको अनुगमनमा केन्द्रित भएका छन ।
कोरोना रोकथाम तथा जोखिम न्यूनीकरणका साथ साथै विकास निर्माणलाइ पनि गति दिने उदेश्यले नगरपालिका भित्र संचालनमा रहेका विकास निर्माणका कामहरुको निरीक्षण गर्दै स्थानीय संग छलफल गर्दै आएका छन । उनले सोमबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ बागमती करिडोर देखि मदन आश्रीत प्रतिष्ठान सम्मको बाटो बिस्तारको निरीक्षण गरेका थिए ।
आफ्नो पांच बर्षे कार्यकालको दौरान तीन वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख नगरमा भए गरेका काम प्रगती र आगमी दिनमा गर्न पर्ने योजनाको बारेमा समेत स्थानीय जनता संग छलफल गर्न टोल टोलमा मेयर अभियान समेत संचालन गर्दै आएका छन ।