आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

पछिल्लो २४ घन्टामा २,९०९ जनामा कोरोना संक्रमण : ४५०० जना कोरोना मुक्त

गोकर्णेश्वर खबर२१ कार्तिक २०७७, शुक्रबार १७:०१ मा प्रकाशित (४ साल अघि) ५७४ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ४ हजार ५ सय जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । संक्रमितमध्ये १ लाख ५२ हजार ९ सय ८ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ ।