आज: ९ बैशाख २०८२, मंगलवार | Tue, 22, Apr, 2025

सांसद केसीको शोकमा कांग्रेसले भोली देशैभर पार्टी कार्यालय बन्द गर्ने

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार १६:४८ मा प्रकाशित (४ साल अघि) २७७ पाठक संख्या

काठमाडौं – प्रतिनिधिसभामा आफ्ना सांसद रहेका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा नेपाली कांग्रेसले बुधबार देशैभरका पार्टी कार्यालय बन्द गर्ने भएको छ।

बिहीबारसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णयसमेत आज बसेको कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको हो।

केसीको सोमबार बेलुकी पोखरास्थित घरमा निधन भएको थियो।

केसीको निधनमा कांग्रेस केन्द्रीय समितिले शोक प्रस्ताव पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

साथै कांग्रेसले १३ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ।

केसीले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको कांग्रेसले जनाएको छ।

केसी २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए। उनी समानुपातिकतर्फ कांग्रेस सांसद थिए।