आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

आज विश्व शहर दिवस मनाइँदै

गोकर्णेश्वर खबर१५ कार्तिक २०७७, शनिबार ०७:४३ मा प्रकाशित (४ साल अघि) ५६४ पाठक संख्या

समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।

यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै  विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिएका छन् । -रासस