काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा १ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ४ सय ५१ जना, भक्तपुरमा १ स्य ४३ जना र ललितपुरमा १ सय ५२ जनासहित उपत्यकामा १ हजार ७ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।
संक्रमितमध्ये ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन् भने ७ सय २७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।