विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई घटस्थापना (१ कात्तिक) देखि नै दसैं बिदा दिन सुझाव दिएका छन्।
सरकारको नियमित दसैं बिदा ७ कात्तिक (फूलपाती) देखि ११ कात्तिकसम्म मात्र छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सचिवहरुले यस वर्ष लामो दसैं बिदा दिन सुझाब दिएका हुन्।
प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि विभिन्न मन्त्रालयका सचिवहरूले मुख्य सचिव शंकर बैरागीलाई भेटेर यस्तो सुझाब दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।