काठमाडौं । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा आज निधन भएको छ ।
‘खनुपरुदे’ उपनामले समेत चिनिने प्रसाईंको उपचारको क्रममा चावहिलको ओम अस्पतालमा निधन भएको हो ।
उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही समयअघि अस्पताल भर्ना गरिएको थियो । उनीसहित परिवारका केही सदस्यमा कोरोना संक्रमण समेत देखिएको उनी निकट स्रोतले जनाएको छ ।
कांग्रेसका अग्रज नेताहरु वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, किसुनजी लगायतसँग साक्षात्कार गरेका प्रसाईं सभापति, मेची र कोशी अञ्चलको संयोजक हुँदै पार्टी केन्द्रीय कोषाध्यक्ष समेत बनेका थिए ।
उनको श्रीमती, तीन छोरो र दुई छोरी रहेका छन् । आज नै प्रसाईंको अन्त्येष्टी गरिने बुझिएको छ ।