गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार १४:५० मा प्रकाशित (४ साल अघि)४२७ पाठक संख्या
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । मध्यपुर अस्पतालमा उपचारका क्रममा सभापति थापाका पिता डा रामबहादुर थापाको शुक्रबार ७९ वर्षका उमेरमा निधन भएको हो ।
कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलका अनुसार मूत्रनलीको अर्बुदरोगको समस्यामा रहेका डा थापा केही दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रोस्टेट गन्थ्रीको शल्यक्रियापछि घरमा आराम गरे पनि स्वास्थ्यमा जटिल समस्या आएपछि शुक्रबार बिहान उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।