आज: ६ बैशाख २०८२, शनिबार | Sat, 19, Apr, 2025

मासिक १०० अभियान नेपालका अध्यक्षबाट प्लाज्मा थेरापिको लागि रगत दिने अठोट

गोकर्णेश्वर खबर२१ आश्विन २०७७, बुधबार २१:४२ मा प्रकाशित (४ साल अघि) ९९९ पाठक संख्या

काठमाडौं । कोरोना पोजेटिभ भई हाल होम आइसोलेसनमा बस्नु भएका युवा समाजसेवी सञ्जय पोखरेलले कोरोना निको भए पछि प्लाज्मा थेरापी गर्न रक्तदान गर्ने अठोट गरेका छन् ।

मासिक १०० अभियान नेपालका अध्यक्ष, सहभाब सहकारी संस्थाका अध्यक्ष, ब्लड डोनर्स एशोसिएसन गोकर्णेश्वर नगरपालिकाका सदस्य तथा युवा समाजसेवी, सामाजिक अभियन्ता पोखरेलले कोरोना संक्रमण भए पछि उच्च आत्मविश्वासका साथ प्लाज्मा थेरापीका लागि रक्तदान गर्ने अठोट गरेका छन् ।

कोरोना संक्रमण निको भए पछि संक्रमितको रगत प्लाज्मा थेरापीका लागि आवश्यक हुने भएको र सोका लागि निको भएपछि संक्रमितले स्वेच्छिक रक्तदान दिनु पर्ने भएकाले पोखरेलले प्लाज्मा थेरापीका लागि रक्तदान गर्ने बताएका छन् ।

कोरोना संक्रमण मुक्त भए पछि प्लाज्मा थेरापीका लागि उच्च आत्मबलका साथ रक्तदान गर्ने पोखरेलको अठोटलाई धेरैले प्रशंसा गरिरहेका छन् ।