आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार ०६:१३ मा प्रकाशित (४ साल अघि) २४८ पाठक संख्या

उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ।

उर्जामन्त्री वर्षमान पुनले मंगलबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। मन्त्री पुनले अर्काे व्यवस्था नहुन्जेल सम्मका लागि कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।

उनी यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए।

कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो। सोमबार कार्यकाल सकिएपछि घिसिङको मंगलबार प्राधिकरणमा आयोजित एक कार्यक्रमका बीच बिदाइ गरिएको थियो।