आज: १६ कार्तिक २०८१, शुक्रबार | Fri, 01, Nov, 2024

गोकर्णेश्वर नगरपालिकाको भाद्र २९ गते सम्मको कोरोना अपडेट

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार ०७:४३ मा प्रकाशित (४ साल अघि) ४०५ पाठक संख्या

काठमाडौँ, भाद्र ३० । गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भाद्र २९ गते सम्मको कोरोनाको अवस्थाको बारेमा जानकारी गराएको छ ।   जस अन्तर्गत भाद्र २९ गते सम्म गोकर्णेश्वर नगरपालिका भित्र ११४ जना पुरुष र ११३ जना महिला गरि कुल २५७ जना कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ भने ७८ जना पुरुष र ४७ जना महिला गरि १२५ जनाले कोरोना जितेको उल्लेख गरिएको छ । त्यसै गरि हाल सम्म नगरपालिका भित्र १ जनाको मात्र कोरोना बाट मृत्यु भएको जानकारी गराएको छ ।

हाल सम्म नगरपालिका भित्र ६९ जना पुरुष र ६२ जना महिला गरि कुल १३१ जना सक्रिय संक्रमित रहेको जसमा ५७ जना पुरुष र ४९ जना महिला गरि कुल  १०६ जना होम आइसोलेसन  र १२ जना पुरुष  १३ जना महिला गरि कुल २५ जना अस्पतालको आइसोलेसनमा रहेको उल्लेख गरीएको छ । जसमा क्रिटिकल केयरमा ३ जना पुरुष र १ जना महिला गरि ४ जना रहेको जानकारी गराइएको छ ।

हाल सम्म नगरपालिकाले ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७ जनाको आर डी टि परिक्षण गरेको हाल सो आर डी टि परिक्षण बन्द गरिएको जानकारी गराइएको छ।

त्यसैगरि हाल सम्म नगरपालिकाले ६७२जना पुरुष र ५७८ जना महिला गरि कुल १२५० जनाको पि सी आर परिक्षण गरेको उल्लेख गरिएको छ। त्यस्तै गरि हाल सम्म १०७५ जनाको कन्ट्याक्ट ट्रेसिंग गरिएकोजानकारी गराउदै त्यस मध्ये ६३जना पुरुष र ४७ जना महिला गरि कुल ११० जनामा कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ ।