आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

बौद्धमा मदन भण्डारी फाउन्डेसनले रक्तदान कार्यक्रम गर्दै

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार २०:४४ मा प्रकाशित (४ साल अघि) ९६५ पाठक संख्या

काठमाडौं – कारोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै मदन भण्डारी फाउन्डेसन काठमाडौँ महानगर कमिटीले असोज २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कमिटीले काठमाडौँ महानगर पालिका – ६ बौद्धस्थित कुसल पार्टी प्यालेसमा रक्तदान कार्यक्रम गर्न लागको हो। रक्तदान कार्यक्रम बिहान ८ बजे प्रारम्भ हुने कमिटीका अध्यक्ष टिका पराजुलीले जानकारी दिंदै स्वास्थ्य सुरक्षाको उचित प्रवन्धसहित यथेष्ट भौतिक दुरी कायम गरेर मात्रै रक्तदानको ब्यवस्था मिलाईने बताए ।

कोरोना भाइरस संक्रमणका कारण विरामीहरुले अस्पतालहरुमा रगत नपाएर छटपटिनु पर्ने अवस्था सृजना हुन लागेको भन्दै केहि हदसम्म पूर्ति हुने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको मदन भण्डारी फाउन्डेसन महानगर कमिटीक सदस्य एवं बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बसन्त लामाले जानकारी दिए ।

कोरोना महामारीका कारण देशभर रगतको अभाव हुन थालेको छ । विषम परिस्थिति र अभावको समयमा गरिएको रक्तदानको महत्व बिशेष रहने भन्दै सबै रक्तदातालाई उल्लेख्य सहभागी भई कार्यक्रम सफल पारिदिन समेत लामाले आग्रह गरेको छ ।