आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

गोकर्णेश्वर नगरपालिकाको मेलमिलापकर्ता सूचीकृत हुने सम्बन्धी सूचना

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार १५:०९ मा प्रकाशित (४ साल अघि) १९७५ पाठक संख्या

काठमाडौं ,भाद्र २९ ।गोकर्णेश्वर नगरपालिका मेलमिलापकर्ता सूचीकृत हुने सम्बन्धी सूचना जारी गरेको छ ।

सो सुचनामा गोकर्णेश्वर नगरपालिकाको न्यायिक कार्य सम्पादन कार्यविधि २०७५ को दफा ११ को उप दफा ३ बमोजिम नगरपालिकाको न्यायिक समितिमा प्राप्त निवेदनको बिषयमा मिलापत्र गराउने कार्यकालागि मेलमिलापकर्ताहरु सुचिकृत गर्नुपर्ने भएकोहुन्धा इच्छुक ब्यक्तिलेल निम्न कागजातहरुको प्रतिलिपि सहित २०७७ साल असोज ७ गते भित्र नगरपालिकाको कार्यालयको कानुन शाखामा सुचिकृतको लागि निबेदन अनुरोध गरिएको छ ।

आवश्यक कागजात

१) आधिकारिक निकाय बाट प्राप्त गरिएको मेलमिलापकर्ताको प्रमाणपत्र प्रतिलिपि १ ।

२) शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि १ ।

३ ) नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि १ ।

साथै मेलमिलापकर्ताको रुपमा सुचिकृत हुन दरखास्त दिने मेलमिलापकर्ता मध्ये न्यायिक समितिमा पर्ने मुद्दाको संख्याको आधारमा आवश्यक संख्यामा मेलमिलापकर्ता छनौट गरिने उल्लेख गरिएको छ।त्यसैगरि कोभिड-१९को जोखिम व्यवस्थापनका लागि नेपाल सरकारले जारि गरेको निषेधाज्ञाको प्रभाब बाट यस अघि प्रकाशित मेलमिलाप सुचिकृत सम्बन्धि सुचना बाट मेलमिलापकर्ताहरु सुचिकृत हुन कठिनाई भएको महसुस भएको हुँदा पुन  सुचना प्रकाशित गरिएको जानकारी गराइएको छ ।