आज: १० मंसिर २०८१, सोमबार | Mon, 25, Nov, 2024

निजी स्कुलले शुल्क लिन पाउने (निर्देशिकासहित)

गोकर्णेश्वर खबर२६ भाद्र २०७७, शुक्रबार ०६:२३ मा प्रकाशित (४ साल अघि) ३२५ पाठक संख्या

काठमाडौं । निजी लगानीमा सञ्चालित विद्यालयले अभिभावकबाट शुल्क लिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गर्दै सो व्यवस्था गरेको हो ।

भर्चुअल कक्षा चलाइरहेका निजी क्षेत्रका स्कूलहरुले निर्देशिका बमोजिम शुल्क लिन पाउने भएका हुन् । शुल्क कति लिन पाइने भन्नेबारे स्थानीय तहको स्वीकृतिमा मात्र लिन पाउने छन् ।

मन्त्रालयले जारी गरेको निर्देशिकामा शुल्कसम्बन्धी व्यवस्थामा, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ,’ भन्ने उल्लेख छ ।

यसअघि निजी विद्यालयले अनलाइन कक्षाको शुल्क मागेपछि मन्त्रालयले नतिर्नू भनेको थियो ।