काठमाडौं । कोरोना भाइरसको त्रासका कारण बन्द भएको उपत्यकाका मालपोत कार्यालय आजदेखि खुलेका छन् ।
सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द भएका मालपोत कार्यालय खुला भएको हो ।
आज र भोलि अत्यावश्यक परेका सेवाग्राहीको घरजग्गा रोक्का र फुकुवाको काम गरिने र आइतबारबाट सम्पूर्ण सेवा दिइने बताइएको छ ।
उपत्यकामा साउनको २८ देखि भिडभाड भएको भनेर सेवा प्रवाह बन्द भएको थियो । काठमाडौ बाहिरको मालपोत कार्यालय भने त्यहाँको स्थानीय प्रशासनको निर्णय अनुसार सञ्चालनमा आउनेछन् ।