काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ।
कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो । उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ । र, अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी दिए ।
File Photo/ReportersNepal-Mukunda Kalikote