आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

उन्नति जागरण महिला समूहले “हुनेले राखेर जाउँ, नहुनेले लिएर जाऔं” खाद्यान्न बैंक शुरु

गोकर्णेश्वर खबर२२ भाद्र २०७७, सोमबार २०:१४ मा प्रकाशित (४ साल अघि) ५८३ पाठक संख्या

काठमाडौं,भाद्र २०। उन्नति जागरण महिला समूह गो.न.पा.८ माकलवारीमा विपन्नलाई राहत दिनका लागि खाद्यान्न बैंक शुरुवात गरेको छ ।

कोरोनाका कारण सिर्जना भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण काम गर्ने अवसर नपाएर समस्यामा परेका गरिब, विपन्न तथा असहाय नागरिकलाई विषम परिस्थितिमा भोकै बस्न नपरोस् भन्ने उद्देश्यले  गोकर्णेश्वरकोको माकलवारीमा उन्नति जागरण महिलाले (फुड बैंक) शुरु गरेको छ ।

कोरोनाका कारणले काम गर्न नपाएर साँझ बिहान हातमुख जोर्न समस्यामा परेका नागरिकलाई मध्यनजर गर्दै ‘फुड बैंक’ स्थापना गरिएको समूहले जनाएको छ। समूहले ‘ह हुनेले दिएर जाऊ, नहुनेले लिएर जाऔं’ भन्ने अभियानका साथ फुड बैंक स्थापना गरी सहयोग गर्न थालेको हो ।