आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

कस्तो रहला आज दिनभरको मौसम ?

गोकर्णेश्वर खबर१९ भाद्र २०७७, शुक्रबार ०६:२२ मा प्रकाशित (४ साल अघि) १५० पाठक संख्या

काठमाडौँ – देशभर शुक्रबारको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको मौसमविदले बताएका छन्।

शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले बिहानीपख देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आशिंक बादली रहेको छ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केही पर दक्षिण तर्फ अवस्थित रहेको मौसमविदले बताएका छन्।